बाजुरामा श्रीमान्ले मदिरा पिएर गालीगलौज तथा कुटपिट गरेपछि महिला बेपत्ता

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीकी ३६ वर्षीया लालचना बुढा शाही पाँच दिनदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार वैशाख २६ गते राति उनका श्रीमान् सकस बहादुर शाहीले मदिरा सेवनपछि जातीय विभेदजन्य गालीगलौज तथा कुटपिट गरेका थिए। त्यसको भोलिपल्टदेखि लालचना सम्पर्कविहीन भएको बताइएको छ।

माइती पक्षले घटना भएको चार दिनसम्म परिवार वा प्रहरीलाई जानकारी नगराइएको आरोप लगाएका छन्। वैशाख ३० गते मात्रै घटनाबारे जानकारी पाएपछि माइती पक्ष, स्थानीयवासी र प्रहरीले खोजी कार्य सुरु गरेका हुन्।

परिवारका सदस्यहरूले यसअघि पनि लालचनामाथि पटक–पटक घरेलु हिंसा, कुटपिट तथा ज्यान मार्ने प्रयास भएको दाबी गरेका छन्। गत वर्ष भदौ २१ गते घाँस काट्न गएको बेला सकस बहादुर शाहीले निर्घात कुटपिट गरी खेतमा बेहोस अवस्थामा छाडेको आरोप समेत लगाइएको छ।

उक्त घटनापछि उपचार गराएर प्रहरीमा उजुरी दिइएको र पुनः हिंसा नगर्ने सहमति कागजसमेत भएको परिवारको भनाइ छ।

माइती पक्षले निरन्तरको हिंसा सहन नसकी लालचनाले कर्णाली नदीमा हाम फालेको वा हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। उनीहरूले बाजुरा, कालिकोट तथा कर्णाली नदी आसपासका क्षेत्रमा खोजी कार्यमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...