बालिका बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

प्रहरीले १४ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

बाँकेमा ती बालिकालई जबरजस्तीकरणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१, कौशिलानगरका २५ वर्षीय धिरज लामिछाने मगरलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...