दार्चुलामा जिप दुर्घटना : पाँच जना घाइते

cp new add
Nisharg hospital
suchana

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मार्माको भित्री सडक अन्तर्गत ताकुबाट घोल्जरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप शनिबार राति करिब ८ बजे पातिहाल्ला भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मार्मा गाउँपालिका–१ घोल्जर निवासी २६ वर्षीय चालक हरिश महरा, २७ वर्षीया मनिषा ठगुन्ना, १७ वर्षीया स्मृती ठगुन्ना, १३ वर्षीया सारिका ठगुन्ना तथा १६ वर्षीय विवेक महरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारीका अनुसार घाइतेमध्ये चालक महरा र स्मृती ठगुन्नाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...