कञ्चनपुरमा श्रीमानको सुतेकै अवस्थामा हत्या, श्रीमती प्रहरीको नियन्त्रणमा

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ । दोधाराचाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनारको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र थापाले सुनार सोमबार बिहान आफ्नै घरमा हत्या गरेको अवस्थामा भेटिएको बताए । श्रीमान हत्या गरेको अवस्थामा घरमा रहेको भन्दै श्रीमती यशोदा सुनारले नै बिहान प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी निरीक्षक थापाकाअनुसार मृतकको घाँटीमा धारिलो प्रहार भएको पाइएको छ । घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने घटनास्थलबाट चक्कु बरामद गरिएको छ ।

घरमा दुई जना श्रीमान श्रीमती मात्र बस्दै आएको खुलेको छ । घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...