सुदूरपश्चिम सरकारले साढे १० अर्ब बजेट खर्च गर्न सकेन

Seti
arth ok

२ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै सकिएको आर्थिक वर्ष २०७८-७९ मा कुल विनियोजित बजेटको साढे १० अर्ब बढि बजेट खर्च गर्न नसकेको पाइएको छ । प्रदेश सरकारले वार्षिक कुल विनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख बजेट विनियोजन गरेकोमा चालु र पुँजीगत खर्चतर्फ १० अर्ब ५० करोड ९५ लाख रुपैयाँ खर्च गर्न नसकेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

Nisharg hospital

सरकारले जम्मा विनियोजित बजेटको ६६ दशमलव ६१ प्रतिशत अथात् २० अर्ब ९६ करोड ६१ लाख रुपैयाँ मात्रै प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ । लेखा नियन्त्रण कार्यालयका सूचना अधिकृत समेत रहेको लेखा अधिकृत यज्ञराज पाण्डेयले प्रदेश सरकारले कुल बजेटमा ६६.६१ प्रतिशत प्रगती गरेको भएपनि पुँजीगत बजेट खर्चको अवस्था भने अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले कम रहेको जानकारी दिए ।

प्रदेश पुँजीगततर्फ विनियोजन गरेको कुल १८ अर्ब ९० करोड २० लाख बजेट विनियोजन गरेकोमा ११ अर्ब ९४ करोड ९७ लाख रुपैयाँ खर्च गरेर ६३.२२ प्रतिशत प्रगती गरेको लेखा अधिकृत पाण्डेयले बताए । यो तथ्यांकलाई आधार मान्दा प्रदेश सरकारले पुँजीगततर्फ मात्र ६ अर्ब ९५ करोड बजेट खर्च गर्न नसेको देखिन्छ । तर चालु खर्च तर्फ भने सरकारले पुँजीगतको तुलनामा ८ प्रतिशत बढिले खर्च गरेको पाइएको छ ।

HPV

चालुतर्फ कुल १२ अर्ब ५७ करोड ३५ लाख बजेट विनियोजन गरेको सरकारले ९ अर्ब १६ करोड ४३ लाख रुपैयाँ खर्च गर्दै ७१.७१ प्रतिशत प्रगती गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेय भने असार २५ गते नै लेखा प्रणाली बन्द भएपछि विषयगत मन्त्रालय र कार्यालयहरुले सम्पन्न भइसकेका काममा समेत भुक्तानी गर्न नपाएको सुनिएकाले पनि खर्च कम देखिएको हुनसक्ने बताउँछन् ।

‘अघिल्लो आर्थिक वर्षमा असार मसान्तसम्मै भुक्तानी गर्ने व्यवस्था मिलाइएको थियो तर यसपाली असार २५ गते राति १२ बजेदेखि नै भुक्तानी प्रणाली बन्द भएका कारणले पनि प्रगती कम देखिएको हो की,’ पाण्डेयले भने, ‘विषयगत मन्त्रालय र कार्यालयले काम भएपनि भुक्तानी गर्न नपाएको देखिन्छ ।’

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...