उपमेयरको निर्देशनपछि फेरियो झुत्रिएको राष्ट्रिय झण्डा

Dhangadhi

२ असार, धनगढी । धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाको निर्देशनपछि क्याम्पस चोकमा झुत्रिएको अवस्थामा रहेको राष्ट्रिय झण्डा फेरिएको छ । उपमहानगरपालिका–८ स्थित पर्ने क्याम्पस चोकको टावर लाइटमा लगाइएको राष्ट्रिय झण्डा फेर्न उपमेयर रानाले निर्देशन दिएपछि वडा कार्यालयले फेरिएको जनाएको छ ।

Nisharg hospital

वडा सदस्य सुरेन्द्र रानाले उपमेयरको निर्देशनपछि झुत्रिएको झण्डा फेरेर नयाँ लगाइएको बताए । राष्ट्रिय झण्डा च्यातिएर झुत्रिएको अवस्थामा समेत नफेरेको भन्दै आलोचना भएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...