बझाङमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएका बझाङका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङको २०७० माघ २ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा १ वर्ष ११ महिना १२ दिन कैद सजाय तोकिएका केदारस्युँ गाउँपालिका–३ निवासी ५५ वर्षीय बिर्ख खातीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले उनलाई शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका खातीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...