कञ्चनपुरमा बाढीमा फसेका २० जनाको सकुशल उद्धार

cp new add
Nisharg hospital
suchana
Nast new

सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

पुनर्वास नगरपालिका- ९ सिताबस्तीस्थित दोदा नदीमा एक्कासि पानीको बहाव बढेपछि नदी तरेर नजिकैको जङ्गलमा निउरो टिप्न गएका स्थानीय पाँच जना महिलालाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बिचफाँटाको टोलीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ ।

पुनर्वास नगरपालिका- ९ हरियालीटोलमा पर्ने बाहुन खोलामा पानीको सतह बढेपछि दाउराघाँस गर्न गएका १५ जना महिलालाई सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले जानकारी दि ए ।

उद्धारमा सशस्त्रको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीका साथै नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयले सहयोग गरेका उनले बताए ।

मनसुन सुरु भएसँगै पहाडी भेगमा वर्षा हुँदा तराईका नदीहरूमा एक्कासि पानीको बहाव बढेर बाढी आउन सक्ने खतरा रहेकाले आमनागरिकलाई सतर्क रहन सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालयले आह्वान गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...