


काठमाडौं । नेकपा (एमाले)को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज (जेठ २१) पनि जारी छ ।
कार्यशालामा समूहगत छलफल सम्पन्न भइसकेको पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । नेताहरूले अहिले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिरहेका छन् ।
समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले त्यसमाथि टिप्पणी र पार्टीका तर्फबाट दिशानिर्देश हुने गरी सम्बोधन गर्ने कार्यतालिका छ । महासचिवको सम्बोधनपछि समसामयिक प्रस्ताव पारित गर्दै कार्यक्रम समापन गरिनेछ ।

