कांग्रेसले खोस्यो सुदूरपश्चिमका मुख्यमन्त्रीको वडाका सभापतिको जिम्मेवारी

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनको जिम्मेवारी खोसिएको छ ।

कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति खनालले पार्टीको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनको जिम्मेवारी खोसिएको हो ।

वडा सभापति खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय समेत हुन् । क्रियाशील सदस्यता अद्यावधिकको कार्य गराउन हाल कृष्णप्रसाद रिमाललाई जिम्मेवारी दिइएको छ ।

वैशाख १ गतेदेखि सुरु गरिएको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने अन्तिम दिन आजका लागि तोकिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...