भारतबाट फर्किरहेका सुदूरपश्चिमका युवक बाटोबाटै बेपत्ता, दुई जना लुटिए

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । भारतको केदारनाथबाट घर फर्किरहेका सुदूरपश्चिमका एक युवक बाटोबाटै बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बझाङको सुर्मा गाउँपालिका–४ बस्ने शम्शेर बोहरा रहेको पारिवारीक स्रोतले जनाएको छ ।

बोहरा सुुर्माकै अन्य दुई जनासँगै गत चैतमा काम गर्न केदारनाथ पुगेका थिए । २० जेठमा घर पुग्नेगरि तीनै जना फर्किरहेको भएपनि शम्शेर भने बाटोबाटै बेपत्ता भएको नातामा उनका काका पर्ने नरेश बोहराले बताए ।

उनकाअनुसार उनीसँगै फर्किएका अनु पुजारा र निरज बोहरा भने शुुक्रबार बेलुुका महेन्द्रनगर पुगेपछि शम्शेर बेपत्ता भएको खुलेको हो । केदारनाथदेखि हरिद्धारसम्म शम्शेर पनि सँगै आएको बताएका उनीहरुले आफू समेत लुटपाटमा परेको दाबी गरेका छन् ।

बाटोमा सँगै आएका व्यक्तिसँग चिया खाएको र त्यसपछि कुनै कुरा थाहा नपाएको भन्दै उनीहरुले महेन्द्रनगर पुगेपछि शम्शेर घर पुुगे-नपुगेको सोधीखोजी गरेका थिए । तर, घर नआएपछि बेपत्ता भएको थाहा भएको हो । दुुवै जना बाटोमा लुटिएका थिए ।

अहिले शम्शेरको खोजीका लागि बझाङबाट पनि आफन्तहरु भारत जाने तयारीमा छन् । बोहराको परिवारले उनलाई कतै देखे, भेटेमा खबर गरिदिनपनि अनुरोध गरेका छन् । सम्पर्कका लागि दिइएका फोन नं. ९८४८९९७०४३, ९७६४४४०४६३ र भारतका लागि ८५४४७५४६५९ र ९७०२०८५१९२

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...