सुदूरपश्चिममा कांग्रेसकाे असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिममा कांग्रेसकाे असन्तुष्ट पक्षलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको छ ।

कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदय शम्शेर राणाकाे उपस्थितिमा दुई पक्षबीच भएको सहमति अनुसार सरकारमा असन्तुष्ट पक्षलाई समेट्ने सहमति भएको हाे ।

छलफलमा मुख्यमन्त्रीको तर्फबाट प्रमुख सचेतक विक्रम धामी, बहादुरसिंह थापा र प्रकाश बम सहभागी थिए ।

असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीमा सहमति गरेको स्रोतको दाबी छ ।

अहिले सुदूरपश्चिममा कांग्रेसबाट  मुख्यमन्त्रीसहित तीन मन्त्री र दुई राज्यमन्त्री छन् ।

याे सहमतिअनुसार मुख्यमन्त्रीले एक मन्त्री र एक राज्यमन्त्री पाउनेछन् ।

तर मन्त्रालयकाे भागबन्डा भने टुंगाे लगाउन बाँकी छ ।मन्त्रालय भने मुख्यमन्त्री शाह स्वयंमले नै निर्धारण गर्ने अडान लिएका छन् । तर अर्को पक्षले भने आर्थिक मामिला मन्त्रालय अनिवार्य शर्त राख्दै आएकाे छ ।

याे सहमतिपछि शाह पक्षीय मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...