दार्चुलामा होटलमै जुवातास, डेढ लाखसहित ७ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । दार्चुलाको महाकाली नगरपालिका–४ मोहतीस्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।

Nast Ad

महाकाली नगरपालिका–५ निवासी ४१ वर्षीय जयसिंह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शनिबार राति छापा मारेको थियो।

प्रहरीले होटल सञ्चालक जयसिंह ठगुन्नासहित ७ जनालाई नगद १ लाख ६२ हजार ७५० रुपैयाँ र दुई गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...