कैलालीमा डीएसपी चौधरीमाथि वाकिङमा दुर्व्यवहार , ३ जना प्रहरीको नियन्त्रणमा

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको घोडाघोडीमा साँझको समयमा वाकिङ गरिरहेका बेला डीएसपीमाथि दुर्व्यवहार भएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीमाथि हिडिरहेका बेला दुर्व्यवहार भएको हो ।

सुरक्षा गार्डसहित हिडिरहेका बेला घोडाघोडीकै स्थानीय नेत्र शाहीसहितले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । दुव्र्यवहार गरेपछि उनीहरु तीनै जनालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रहरीकाअनुसार चौधरीलाई दुव्यर्वहार गर्ने उनीहरुले मदिरा समेत सेवन गरेका थिए । उनीहरुले डीएसपी चौधरीसँग हिडिरहेको अवस्थामा समान्य ठोक्किएको तर डीएसपी भएको थाहा पाएपछि माफी मागेको बताइरहेका छन् । माफी माग्दा पनि प्रहरीले तीनै जनालाई मुद्दा चलाएको आरोप लगाइएको छ ।

डीएसपी चौधरीले उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...