फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्री, मनोरञ्जन लिँदै ‘कोर टीम’

cp new add
Nisharg hospital

शनिबार राति प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत फेसबुक खातामा पोस्ट भएको स्ट्याटस हेरेर देश जिल्ल परेको छ । तर प्रधानमन्त्रीको कोर टीम तथा रास्वपा सांसदहरूले चाहिँ राम्रै मनोरञ्जन लिइरहेका छन् ।

Nast Ad

रोमन अक्षर तर नेपाली भाषामा प्रधानमन्त्री लेख्छन्, ‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’

कुनै इमोजी वा ख्यालठट्टाको संकेत प्रयोग नभएकाले स्टाटस ‘सिरियस’ जस्तो देखिन्छ । यद्यपि प्रधानमन्त्री शाह शुक्रबार र शनिबार त्यति सिरियस मुडमा हुँदैनन् भन्ने धेरैलाई थाहा भइसकेको कुरा हो । यो स्ट्याटसले पनि उनको ‘होलिडे मुड’ लाई नै झल्काएको छ ।

होलिडे मुडमा शाहले आफू देशको प्रधानमन्त्री हुँ भन्ने बिर्सेका त पक्कै होइन । उनको स्ट्याटस नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई गर्न खोजिएको व्यंग्य हो भनेर बुझ्न कठिन छैन । तर यस्तो ‘स्तरहीन’ व्यंग्यले प्रधानमन्त्री पदको गरिमालाई बढाउन मद्दत अवश्य गर्दैन ।

प्रधानमन्त्रीले आफूलाई व्यक्तिगत स्वार्थवस एसएमएस लेखेको आरोपमा सचिव पुष्करलाई प्रहरी लगाएर पक्राउ नै गराएका थिए । यसबाट उनले आफू कुनै पनि भनसुन र चाकडी नसहने सन्देश दिन खोजे । यद्यपि पक्राउ गरेर सात घन्टा हिरासतमा राख्नुपर्ने अपराध थिएन त्यो । प्रधानमन्त्रीले सचिवलाई स्पष्टिकरण सोधेको भए त्यो बढी औचित्यपूर्ण मानिन्थ्यो । सरकारको बहालबाला सचिवलाई कुनै संगीन अपराधविना प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीले पक्राउ गरेर लैजाने कार्य विधिसम्मत मान्न सकिन्न ।

तर, यतिले नपुगेर प्रधानमन्त्री शाह सचिव पुष्करको सार्वजनिक बेइज्यतिमै उत्रिन खोजेका छन् । आफ्नै मातहतको एउटा कर्मचारीलाई यसरी पब्लिक प्लेटफर्ममा तेजोबध गर्न खोज्नु प्रधानमन्त्रीको पुरूषार्थ हुँदै होइन । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा यदाकदा हास्यरस प्रयोग गर्न सक्छन्, तर संवेदशील विषय र जिम्मेवार पात्रमाथि मजाक गर्न मिल्दैन ।

शाहले राति लेखेको यो स्ट्याटस बिहान डिलिट हुने अनुमान थियो । तर अहिलेसम्म भएको छैन । बरू प्रधानमन्त्रीको कोर टीम र रास्वपाका सांसदहरू उनको कमेन्ट बक्समा आएर मनोरञ्जन लिइरहेका छन् ।

प्रधानमन्त्रीको स्टाटसमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला लगायतले कमेन्ट गर्दै जिस्किरहेका छन् । तर कमेन्ट बक्समा केही प्रवुद्ध व्यक्तिहरूले प्रधानमन्त्रीलाई यसरी हल्का रूपमा प्रस्तुत नहुन सुझाव दिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...