सुन प्रतितोला ३ लाखमुनि झर्‍यो

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । सोमबार पनि सुनको भाउ घटेको छ । अघिल्लो दिन प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको सुन आज ९ सय रुपैयाँ घटेको हो ।

यो गिरावटसँगै सुनको भाउ ३ लाखमुनि झरेको छ । सोमबार सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ छ । अघिल्लो दिन ३ लाख ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत सोमबार भने ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तर चाँदीको भाउ १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...