
काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८५ हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ५०५ रुपैयाँ पुगेको छ। गत बिहीबार चाँदीको भाउ ४ हजार ३२५ रुपैयाँ थियो ।

