दार्चुलामा ३९ बोरा अवैध झ्याउसहित चार जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । दार्चुलामा नेपालबाट भारततर्फ अवैधरूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा दुहुँ गाउँपालिका–३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरिएको प्रहरीले जनाएको छ । अवैध झ्याउ ओसारपसार गरिरहेको अवस्थामा चार जना स्थानीयलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–४ का ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्की रहेका छन् ।

उनीहरुको साथबाट एक हजार ३६८ किलोग्राम तौल भएको अन्दाजी तीन लाख ४२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको अवैध वन पैदावार झ्याउ आवश्यक प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र, दार्चुलाको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...