
धनगढी । कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब ९३ हजार ५ सय रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

भजनी नगरपालिका–१, पडरियास्थितबाट शनिबार दिउँसो इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेका सामान बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद सामानमा बिडी, सुर्ती, कपडा लगायतका सामग्री रहेका छन्। भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ती सामानलाई बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

