कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । धनगढी र घोडाघोडीबाट प्रहरीले अवैध लागूऔषध खैरोहेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

Nast Ad

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट शनिबार बेलुका २४० मिलिग्राम खैरोहेरोइनजस्तो देखिने धुलो पदार्थ र तौल गर्ने काँटासहित स्थानीय ३० वर्षीय बबि राना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

त्यस्तै, घोडाघोडी नगरपालिका–२ नयाँबजारबाट शनिबार राति १ ग्राम खैरोहेरोइनजस्तो देखिने धुलो पदार्थसहित बर्दगोरिया गाउँपालिका–१ का २१ वर्षीय संजिप चौधरी पक्राउ परेका छन्।

उनलाई इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा पक्राउ गरेको हो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...