


धनगढी । भारतको राजधानी नयाँ दिल्लीमा कञ्चनपुरका नरी ओड मृत फेला परेका हुन्।
जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थायी ठेगाना भएका ओड बिहीवार नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय बस अड्डामा मृत फेला परेको सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष महादेव भट्टले जानकारी दिएका छन्।
उनका अनुसार ओडलाई गाडीले ठक्कर दिँदा ज्यान गएको हो।

