सेनाको हेलिकप्टर दुर्घटनामा २२ जनाको मृत्यु

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीवार सैनिक हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा २२ सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ।

यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर ) ले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरको उडानका क्रममा प्राविधिक खराबीका कारण दुर्घटना भएको थियो।

“दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउन छानबिन समितिलाई आदेश दिइएको छ,” आइएसपिआरले भनेको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...