
धनगढी । कैलालीमा एकैदिन दुई महिलासहित तीन जना मृत अवस्थामा भेटिएका छन् । शनिबार गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा तीन जना मृत भेटिएका हुन् ।

मृत भेटिनेमा गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने ३० वर्षीय सुनिता सार्की, तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी र गोदावरी नगरपालिका–३ का प्रकाश बिक रहेको प्रहरीले जनाएको छ ।
उनीहरु तीनै जना फरक फरक ठाउँमा मृत भेटिएका हुन् । उनीहरु मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

