कैलाली टेम्पो प्रकरण: वन अधिकृतसहित दुई जनाविरुद्ध मुद्दा, १० कर्मचारी हाजिरी जमानीमा छुटे

cp new add
Nisharg hospital

धनगढी । कैलालीको गोदावरी–४ गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनामा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।  डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलारामाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ।

Nast Ad

टेम्पो चालक धनु धामीको किटानी जाहेरीका आधारमा दुवै जनाविरुद्ध मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

घटनामा नियन्त्रणमा लिइएका वन रक्षकसहित अन्य १० कर्मचारीलाई भने बोलाएको बेला उपस्थित हुने सर्तमा हाजिरी जमानीमा छाडिएको छ।

वन कर्मचारीले स्थानीय धनादेवी धामीले खुद्रा व्यापारका लागि प्रयोग गर्दै आएको टेम्पो भीरबाट फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि १२ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो।

घटनाको छानबिनका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा। हेमराज विष्टको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...