बझाङकी स्वास्थ्यकर्मी धामी आफ्नै डेरामा मृत फेला

cp new add
Nisharg hospital

धनगढी । बझाङ घर भई खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी अनिशा कुमारी धामी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी छन्।

Nast Ad

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार उनी आइतबार बिहानदेखि कोठाबाट बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले भित्रबाट बन्द रहेको कोठाको ढोका खोलेर हेर्दा धामी मृत अवस्थामा फेला परेकी थिइन्।

स्थानीय मुना तामाङको घरमा डेरा गरी बस्दै आएकी धामीको मृत्युको कारण तत्काल खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

धामीको असामयिक निधनले परिवार, सहकर्मी तथा स्थानीय समुदायमा शोक छाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...