प्रतिनिधिसभाबाट पारित भयो बजेट

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ बहुमतले पारित गरेको छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

विधेयक पारित हुनुअघि सभामुख डोलप्रसाद अर्यालले विधेयकका दफा २ देखि ११ सम्म निर्णयार्थ प्रस्तुत गरेका थिए । ती दफामाथि विभिन्न सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको थियो ।

खर्च कटौती प्रस्ताव दर्ता गर्ने सांसदहरूमा कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, सजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्याल रहेका थिए।

अर्थमन्त्री डा.वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गरेका थिए । विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते प्रतिनिधिसभामा छलफल भएको थियो ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधवार र बिहीबार दिएका थिए। त्यसपछि विधेयक निर्माणार्थ प्रस्तुत गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते शुक्रवार बिहान ११ बजे बस्ने तय भएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...