कैलाली–कञ्चनपुरमा साढे ४ लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न सीमावर्ती क्षेत्रबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब साढे ४ लाख रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१४ स्याउले, भजनी नगरपालिका–४ झलझलिया र भजनी–७ चर्रा जंगल क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका अन्दाजी १ लाख ९० हजार ५०२ रुपैयाँ बराबरका चिनी, बिडी, सुर्ती, दूध पाउडर, विभिन्न हार्डवेयर सामग्री तथा प्लास्टिक झिल्ली बरामद गरेको हो।

यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको टोलीले कृष्णपुर नगरपालिका–३ देखतभुली, कृष्णपुर–५ गुलरिया र पुनर्वास नगरपालिका–३ आईबीआरडी क्षेत्रबाट अन्दाजी २ लाख ३७ हजार ८० रुपैयाँ बराबरका चिनी, सिरप, सुर्ती, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली, मोबिल, मोटरसाइकलका पार्टपुर्जा तथा दुई वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...