press
po

रानाको दोहोरिने ‘दाउ’, सहयोगी बन्दै कांग्रेसमा बल्झेको ‘घाउ’

cp new add
Nisharg hospital
dhanga
Rubic

१९ कात्तिक, धनगढी । २०५४ सालमा भएको निर्वाचनमा तत्कालीन धनगढी नगरपालिकाको उपमेयरमा कांग्रेसलाई पराजीत गरेका नारदमुनी राना २०७४ सालको निर्वाचनपछि भने एकाएक चर्चामा आए । प्रतिनिधिसभा सदस्यमा कैलाली–५ मा कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा २२३२२) लाई करीब साढे चार हजार मतले पराजीत गरेपछि राना(२७२०२) को चर्चा राष्ट्रिय स्तरमै चुलिएको थियो ।

sanjiwan
Nisharg

एकातिर त्यो बेला पनि प्रधानमन्त्री रहेका पार्टी सभापति शेरबहादुर देउवा पत्नीलाई पराजीत गर्नु त अर्कोतिर कांग्रेसको बिरासत भत्काउनु रानाका लागि कम चुनौतीको विषय थिएन । सोही कारण निर्वाचन परिणाम सार्वजनिक भएपछि सबैको नजरमा परेका थिए । आरजुलाई पराजीत गर्ने राना फेरी दोस्रो पटक प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

आरजुले मैदान छाडेपनि राना उनकै सिफारिसमा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका डिल्लीराज पन्तलाई पराजीत गर्दै प्रतिनिधिसभाको दोस्रो कार्यकालको यात्रा तय गर्ने होडमा छन् । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा एमालेबाट समानुपातिक सांसद बनेका राना जसरी भएपनि चुनाव जित्ने रणनीति अख्तियार गर्दै मतदाता रिझाउन व्यस्त छन् ।

HAMRO DAIRY
Nav

पूर्व मन्त्री तथा पार्टीको कैलाली इन्चार्ज पनि रहेका राना अगामी निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन् । पाँच वर्षे कार्यकालमा कैलाली–५ मा थालनी गरेका काम, राष्ट्रियता र राष्ट्रिय स्वाभिनताको रक्षासहित विकास र समृद्धिका मुद्दा लिएर उनी मत मागिरहेका छन् । सुदूरपश्चिमकै मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको धनगढीलाई मेघा सिटीका रुपमा विकास गर्न अघिल्लो कार्यकालमा प्रारम्भ भएका तर सम्पन्न हुन नसकेका कामलाई पूर्णता दिन आफूलाई दोहो¥याउन उनले मतदातासँग आग्रह गरिरहेका छन् ।

‘मैले आफ्नो पाँच वर्षको कार्यकालमा धनगढीलाई व्यवस्थित गर्दै मेघा सिटीका रुपमा विकास गर्न जग तयार गरेको छु । धेरै कामको थालनी भइसकेको छ,’ रानाले भने, ‘सिटी हल, कोल्ड स्टोर, जडिबुटी प्रशोधन केन्द्र निर्माण जस्ता महत्वपूर्ण योजना त्यसका उदाहरण हुन् । त्यसैले धनगढीलाई स्मार्ट सहरका रुपमा विकास गर्दै समृद्धि र सुन्दर सहर पुनः मतदाताले मत दिएर विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु । ’

हुलाकी सडक चार लेनमा विस्तार, क्षेत्रिय सहरी विकास आयोजना र सघन सहरी विकास कार्यक्रम अन्तरगतका सडक कालोपत्रेको काम समेत आफ्नै अगुवाइमा भएको दाबी उनको छ । निहित स्वार्थ पूरा गर्न बनेको गठबन्धनबाट विकास र समृद्धि सम्भव नभएको बताउने राना मंसिर ४ मा मतदाताले जवाफ दिने जनाउछन् । ‘स्वार्थ पूर्तीका लागि अहिलेको गठबन्धन भएको हो तर जनताले विकास र समृद्धिका लागि एमालेलाई जिताउने गठबन्धन गरेकाले जित हाम्रो पक्षमा छ,’ रानाले भने, ‘यो गठबन्धनका कारण नेपालको राष्ट्रियता खतरामा परेको छ । राष्ट्रियता बचाउन पनि जनताले हामीलाई मत दिदैछन् ।’

आफ्नो निर्वाचन क्षेत्रमा विगतमा कुनै राजनीतिक दलबाट लाभ प्राप्त गरिसकेका व्यक्ति अहिले ठाउँ नपाउँदा स्वतन्त्र भएर आएको आरोप लगाउदै उनले तिनलाई मतदाताले दरिलो जवाफ दिने पनि उनको भनाई छ ।
२०७४ को निर्वाचनमा धनगढी उपमहानगरपालिका १९ र कैलारी गाउँपालिका २ गरेर २१ वडा पर्ने कैलाली–५ मा प्रतिकुल परस्थिती हुँदा समेत विजयी भएका रानाले कांग्रेस र गठबन्धनभित्रको किचलोको लाभ उठाउन सके उनी फेरी चुनाव जित्ने कुरालाई नकार्न नसकिने नेताहरु बताउँछन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...