press
po

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा दलहरुको भागबण्डा

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुुटेको छ । कांग्रेस संसदीय दलका नेता एवंम् मुख्यमन्त्री कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच प्रदेश सभाका विषयगत समितिका सम्बन्धमा सहमति जुटेको हो ।

sanjiwan
Nisharg

दुई दलका प्रमुख नेताबीच भएको सहमतिअनुसार प्रदेश सभामा चार वटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एउटा÷एउटा समितिको सभापति लिनेछन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिको सभापति दिनेगरि भागबण्डा मिलको छ ।

HAMRO DAIRY

दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत भएको छ । यो समितिलाई विभाजन गरेर विशेष समिति बनाइने स्रोतको भनाई छ ।

प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिमा भने सभापति रहेका छन् । नेपाली कांग्रेसका दिवानसिंह विष्ट यो समितिको सभापति छन् भने अन्य समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेका छन् । अब दुई दलले गरेको सहमतिअनुसार विषयगत समिति विभाजन गरेर पाँच पुगाइनेछ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...