
धनगढी । कैलालीमा मोटरसाइकलले ठक्कर दिदा एक जना घाइते भएका छन् ।

जानकी गाउँपालिका वडा नम्बर २ को प्रगति टोल बस्ने ३० वर्षीय बिरेन्द्र चौधरीले चलाएको से५ प ६४० नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँका ७४ वर्षीय जितबहादुर चौधरी घाइते भएका छन् ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ । कैलालीमा उपचार सम्भव नभएपछि चौधरीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
