धनगढीमा राहदानी चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

धनगढी । राहदानी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला अदालत डोटीको फैसलाले राहदानी चोरी मुद्दामा २ महिना कैद सजाय र २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका डोटीको शिखर नगरपालिका–१ निवासी ४५ वर्षीय मेख शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई धनगढी उपमहानगरपालिका–६ जाली क्षेत्रबाट बिहीबार पक्राउ गरेको जनाएको छ।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका शाहीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...