विचौलिया र कार्यकर्तामुखी बजेट सबै तागत लगाएर फेल गर्छौँ : नेकपा

cp new add
Nisharg hospital

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट असफल बनाउन सबै शक्ति प्रयोग गर्ने चेतावनी दिएको छ।

Nast Ad

शुक्रबार प्रदेश सभामा आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्ट ले प्रदेश सरकारले विगतकै शैलीमा योजना खरिद–बिक्री गरेर बेतिथिपूर्ण बजेट ल्याएको आरोप लगाउँदै उक्त बजेट सभाबाट पारित हुन नदिने बताएका हुन्।

भट्टले प्रतिपक्षीसँग गरिएका प्रतिबद्धता तथा सरकारले आफैँ बनाएका मापदण्डसमेत उल्लंघन गरेर बजेट ल्याइएको दाबी गरे। उनले मन्त्रालय तथा मातहतका निकायमार्फत समावेश हुनुपर्ने योजना मुख्यमन्त्री कार्यालय र होटलजस्ता गोप्य स्थानमा तयार गरिएको आरोप पनि लगाए।

‘मन्त्रालय र सम्बन्धित निकायबाट जानुपर्ने योजना मुख्यमन्त्रीको कार्यालय, अझ भनौँ विभिन्न होटलहरूमा सुटकेस बुझेर समावेश गरिएको भन्ने गम्भीर कुरा बाहिर आएका छन्,’ भट्टले भने, ‘त्यसैले यो बजेटलाई असफल बनाउन प्रदेश सभामा रहेका सबै माननीय सदस्यहरूलाई अग्रगामी भूमिका खेल्न आग्रह गर्दछौँ। हाम्रो सम्पूर्ण शक्ति लगाएर यो बजेट फेल गर्नेछौँ।’

उनले सुशासन, विकास र वैज्ञानिक योजना निर्माणको पक्षमा उभिन सत्तारुढ दलका सांसदहरूलाई समेत आग्रह गरे। केही नगरेका र कुनै योगदान नभएका व्यक्तिहरू भ्रष्टाचारको नेतृत्व तहमा पुग्नु विडम्बनापूर्ण रहेको उल्लेख गर्दै उनले त्यसको अन्त्य आवश्यक रहेको बताए।

भट्टका अनुसार सिंगो प्रदेश सभाले बेथितिविरुद्ध एकजुट रहेको सन्देश दिनुपर्ने बेला आएको छ।

पत्रकार सम्मेलनमार्फत नेकपाले बजेट संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाविपरीत रहेको दाबी गरेको छ। पार्टीले बजेट दीगो विकास, सरकारकै घोषित सिद्धान्त र प्राथमिकता, संसदीय सर्वोच्चता तथा नागरिक सर्वोच्चताको भावनाअनुकूल नरहेको जनाएको छ।

नेकपाले बजेट सुशासन र पारदर्शिताभन्दा दलाल तथा विचौलिया पोषणतर्फ केन्द्रित रहेको आरोप लगाएको छ। जनताको अपेक्षाविपरीत कार्यकर्ता र विचौलियालाई लाभ पुग्ने उद्देश्यले बजेट ल्याइएको भन्दै पार्टीले त्यसलाई अस्वीकार गर्ने जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...