


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षाको नतिजामा भएको त्रुटि तथा रिटोटलिङ प्रक्रियामा विद्यार्थीहरूले भोग्नु परेको अप्ठ्याराप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

१२ कक्षाको परीक्षाको नतिजामा देखिएका त्रुटि तथा रिटोटलिङका विषयमा विभिन्न गुनासाहरू आएको भन्दै अनेरास्ववियुले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएको जनाएको हो ।
‘परीक्षाको नतिजा विद्यार्थीहरूको शैक्षिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय भएकाले उक्त विषयले विद्यार्थीहरूमा अन्योल, मानसिक तनाव तथा भविष्यप्रति असुरक्षा सिर्जना गरेका कारण हामी राष्ट्रिय परीक्षा बोर्डसमक्ष नतिजासम्बन्धी उठेका गुनासोहरू यथाशीघ्र छानबिन गरी आवश्यक सुधार गर्न, रिटोटलिङ प्रक्रियालाई थप सरल, पारदर्शी तथा सहुलियतपूर्ण बनाउन जोडदार माग गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ ।

