श्रीमतीमाथि तातो तेल खन्याएर कुुरूप बनाएको आरोपमा फरार श्रीमान् पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर प्रहरीले आफ्नै श्रीमतीमाथि तातो तेल खन्याई अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट पुर्‍याएर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ पुस १५ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर निवासी ३४ वर्षीय अशोक भट्टले घरको भान्सामा सेलरोटी पकाउँदै गरेकी आफ्नी श्रीमतीमाथि तातो तेल खन्याएका थिए। घटनामा पीडितको अनुहार लगायत शरीरका विभिन्न भाग जलेर कुुरूप भएको बताइएको छ।

घटनापछि फरार रहेका भट्टविरुद्ध तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुुरूप पार्न नहुने कसुर अन्तर्गत मुद्दा दर्ता भई कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०८३ असार ६ गते भीमदत्त नगरपालिका–४ बाट भट्टलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...