महेन्द्रनगरमा प्रहरीलाई डीआईजी भट्टराईको निर्देशन : विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुहोस्

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदू्रपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराईले सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

Telecome

आइतबार नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगरको स्थलगत निरीक्षण तथा अवलोकन गर्दै भट्टराईले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

भट्टराईले मनसुनको समय नजिकिएकाले सम्भावित प्राकृतिक विपद्लाई ख्याल गर्दै उद्दार लगायतका प्रतिकार्यका लागि सबै हिसाबले तयारीमा रहन निर्देशन दिए । त्यसबाहेक भवितव्य घटना, भीडभाड नियन्त्रणमा समेत विशेष सचेत रहन भनेका छन् ।

निरीक्षणका क्रममा उनले गण अन्तर्गतका विभिन्न शाखाको अवलोकन गर्नुका साथै भीड नियन्त्रण अभ्यासको निरीक्षण गरेका थिए ।
गणको समग्र कार्यसम्पादन, सुरक्षा व्यवस्थापन, तालिम तथा तयारी अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक स्रोत–साधन, व्यवस्थापन तथा संगठनात्मक गतिविधिको समेत अवलोकन गरेका छन् ।

उनले उपस्थित प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै व्यावसायिकता, अनुशासन, उच्च मनोबल तथा जिम्मेवारीपूर्ण कार्यसम्पादनमार्फत संगठनको गरिमा अभिवृद्धि गर्न निर्देशन दिए ।

डीआईजी भट्टराईले शान्ति सुरक्षा कायम राख्न, विपद् तथा विशेष परिस्थितिमा प्रभावकारी रूपमा परिचालन हुन तथा नागरिकमैत्री सेवाप्रवाहलाई थप सुदृढ बनाउन सदैव तयारी अवस्थामा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न समेत प्रहरीलाई भनेका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...