कैलालीमा पावर टिलर पल्टिदा चालकको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा पावर टिलर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

Nast Ad

बुधबार बिहान जानकी गाउँपालिका–८, आमपुर भक्रैयामा पावर टिलर अनियन्त्रित भई पल्टिँदा सोही गाउँपालिका–५, पथरैयाका २५ वर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको हो।

आफैँले चलाएको पावर टिलर अनियन्त्रित भएर पल्टिँदा चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा उनको सोही साँझ निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...