अछाममा वन्यजन्तु अवैध सिकार मुद्दाका फरार अभियुक्त पक्राउ

cp new add
Nisharg hospital

धनगढी । अछाममा वन्यजन्तु अवैध सिकार मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएका एक फरार अभियुक्त पक्राउ परेका छन्।

Nast Ad

१६ चैत २०८२ को फैसलाले वन्यजन्तु अवैध सिकार मुद्दामा १ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बान्निगढी जयगढ गाउँपालिका–६ दर्नाका भीमबहादुर साउँद पक्राउ परेका हुन्।

फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरी चौकी जयगढबाट खटिएको प्रहरी टोलीले साउँदलाई शुक्रबार दिउँसो आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका साउँदलाई अदालतमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...