पत्रकार खेम भण्डारी कारागारबाट छुटे

cp new add
Nisharg hospital

धनगढी । कन्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा खेपेका पत्रकार खेम भण्डारी कैद भुुक्तान गरेर छुटेका छन् ।

Nast Ad

जिल्ला अदालतको आदेशअनुसार गाली बेइज्जतीको कसुरमा १ महिना कैद भुक्तान गरेर उनी छुटका हुन् । कारागारबाट छुटेपछि भण्डारीले सामाजिक सञ्जालमा ‘केहीबेरअघि भर्खर जेलमुक्त भएको छु । साँझ ४ बजे पत्रकार महासंघको हलमा भेटौँ । नयाँ खुलासा गर्नेछु ।’ लेखेका छन् ।

कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै एक महिला कैदको फैसला सुनाएको थियो । उच्च अदालत थप ७ दिन कैद थपेको थियो । भण्डारीले यो मुद्दामा १२ हजार जरिवाना समेत तिरेका छन् ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनी विरुद्ध मुद्दा दायर गरेका थिए ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुनसकेको छैन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...