कञ्चनपुरमा घरकाे छतबाट खसेका युवककाे मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा घरकाे छतबाट खसेका युवककाे मृत्यु भएको छ ।

Nast Ad

शुक्रबार साँझ घरकाे छतबाट खसेका भीमदत्त नगरपालिका-६ ऐठपुरका २३ वर्षीय कपिल नेगीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले घरकाे छतकाे दोस्रो तलाबाट खसेका नेगीकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

उनकाअनुसार नेगीलाई आमाबुबाले छतबाट भुँइमा खसेकाे अवस्थामा फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो ।

उनकाे राति साढे ९ बजे उपचारकै क्रममा मृत्यु भएको हाे । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...