सुदूरपश्चिममा कैद र जरिवाना तोकिएका ३ फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

धनगढी । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट सजाय तोकिएका तीन जना फरार प्रतिवादीहरूलाई सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले बैंकिङ कसुर र कुटपिट जस्ता मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा कैलालीका कृष्ण चौधरी, बैतडीका अजुवा भण्डारी र बाजुराका उत्तम सिंह रहेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-५ बस्ने ४३ वर्षीय चौधरीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २ दिन कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, बैतडीको दोगडाकेदार गाउँपालिका-१ का ६५ वर्षीय भण्डारीलाई जिल्ला अदालत बैतडीले जारी मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनलाई पनि प्रहरीले उनकै घरबाट नियन्त्रणमा लिएको छ।

उता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ बस्ने ३० वर्षीय उत्तम सिंहलाई भने प्रहरीले बडिमालिका नगरपालिका-८ गैरी बजारबाट पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत बाजुराले २०८२ जेठ ६ गते कुटपिट मुद्दामा २ महिना ३ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

पक्राउ परेका तीनै जनालाई कानुन बमोजिम फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...