धनगढीका हिक्मत रावल गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त

cp new add
Nisharg hospital

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा धनगढीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

Telecome

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा उक्त निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

यसअघि सूचना तथा सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आवेदन दिएकामध्येबाट १० जनाको सूची प्रकाशित गरेको थियो । महाप्रबन्धकमा नियुक्त रावलले लामो समय एभिन्युज टेलिभिजनको सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा काम गरे ।

त्यसपछि न्युज २४ टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कार्यरत थिए । त्यसपछि उनी केही समय ग्यालेक्सी टेलिभिजनमा काम गरे । पछिल्लो समय उनी बीबीसी नेपालीसमेत आबद्ध थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...