
धनगढी । दुई वर्षदेखि लगातार विश्व बजारमा अग्र स्थान बनाइरहेको बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडले धनगढीमा पनि सुविधा सम्पन्न नयाँ शोरुम स्थापना गरि सञ्चालनमा ल्याएको छ ।

धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक नजिकै नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडका बिजनेश सेल्स हेड आशुतोश गौतमको प्रमुख आथित्यततामा भएको कार्यक्रमबीच शुक्रबार नयाँ शोरुमको विधिवत रुपमा उद्घाटन गरिएको हो ।
गौतमसँगै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका धनगढीस्थित बीवाईडीको नयाँ शोरुमका प्रबन्धक निर्देशक पुस्करराज ओझासहितले रिवन काटेर शोरुमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा धनगढीका मेयर गोपाल हमाल विशिष्ट अतिथि थिए ।
यस्तै, भने साइमेक्स इंक प्राइभेट लिमिटेडका सर्भिस डिभिजन हेट सुशील तन्दुकार, उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर लगायतका व्यवसायीक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधि पनि कार्यक्रममा अतिथिका रुपमा सहभागी रहेका थिए ।
बीवाईडीको धनगढी शोरुमका प्रबन्धक निर्देशक पुष्करराज ओझाले सुदूरपश्चिमबासीको लक्जरी गाडी चढ्ने धोको पूरा गर्ने उद्देश्यले एउटै छानामुनी सबै सुविधासहितको शोरुम सञ्चालन गरिएको बताएका छन् । उनकाअनुसार अब बीवाईडीको गाडी खरिद, सर्भिस र चार्जिङ लगायतका सुविधा यतै उपलब्ध हुनेछ ।
२४ असारदेखि सर्भिस क्याम्प चलाउने तयारी गरेको शोरुमले देशकै उत्कृष्ट मध्येको एक शोरुमका रुपमा अघि आएको ओझा बताउँछन् । सुदूरपश्चिम प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनसँग जोड्ने लक्ष्य बीवाईडीले राखेको छ । सुविधा सम्पन्न वीवाईटी शोरुमको औपचारिक उद्घाटन अघि नै धनगढीको शोरुमले दुई सय बढि गाडी बिक्रि समेत गरिसकेको जनाएको छ ।

