नख्खु कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्रा

cp new add
Nisharg hospital

नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दाका एक कैदी पक्राउ परेका छन्।

Nast Ad

प्रहरीका अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका लागुऔषध (अफिम) मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका मकवानपुरको बकैया गाउँपालिका–६, ज्यामिरे निवासी ३९ वर्षीय सुकलाल वाइवा पक्राउ परेका हुन्।

फरार रहेका वाइवालाई खोजतलासका क्रममा २०८३ असार २३ गते मकवानपुरको बकैया गाउँपालिका–४, जुरेली बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका वाइवालाई आवश्यक कानुनी कारबाहीका लागि भीमफेदी कारागार पठाइएको प्रहरीले जानकारी दिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...