जनमत पार्टीका जिल्ला नेता बलात्कार र ठगी आरोपमा पक्राउ

cp new add
Nisharg hospital

जनकपुरधाम । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी  जबर्जस्ती करणी र ठगीको आरोपमा पक्राउ परेका छन् । उनी पार्टी अध्यक्ष चन्द्रकान्त (सीके) राउतका फुपूका छोरासमेत हुन् ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबर्जस्ती करणी तथा ठगी सम्बन्धी जाहेरी परेपछि पक्राउ गरी म्याद थपेर अनुसन्धान थालिएको छ ।

सप्तरीको महादेवा गाउँपालिका- २ निवासी अधिकारी केही दिनयता फरार थिए । प्रहरीले अधिकारीलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट पक्राउ गरेको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...