
२० कात्तिक, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट््ट हुने उद्घोष गरेका छन् ।

आइतबार सत्ता गठबन्धनले डडेलधुराको परशुराम नगरपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अगामी निर्वाचनपछि भट्टकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।
‘खगराज भट्ट यहाँको मुख्यमन्त्री हुनुहुनेछ। कुनै पनि हालतमा खगराजजीको जित आवश्यक छ। उहाँको जितपछि मुख्यमन्त्री भयो, भयो। मेरो पार्टीले मानेपछि भयो भयो,’ देउवाले भने ।
भट्ट नेकपा माओवादी केन्द्रबाट डडेलधुराको प्रदेशसभा (क) उम्मेदवार हुन् । २०६४ सालदेखि प्रधानमन्त्री देउवासँग संसदीय चुनाव लड्दै आएका भट्ट गठबन्धनका साझा उम्मेदवार बनेका छन् ।

