५ साउन, धनगढी । महाकाली नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले कञ्चनपुर जोड्ने शारदा ब्यारेजमा लगाएको चार पाङ्ग्रे सवारी साधनको रोक हटाएको छ । बुुधबार नदीमा पानीको बहाबले खतराको सतह पार गरेपछि सवारी साधनमा रोक लगाइएकोमा बिहीबार बिहानदेखि भने खुल्ला गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले महाकाली नदीमा बिहीबार बिहान पानीको सतह ८६ हजार क्युसेक पुगेसँगै सवारी साधन चल्न थालेको बताए । उनकाअनुसार बुधबार साँझ पानीको सतह एक लाख ३९ हजार ६ सय क्युसेक पुगेपछि सवारी आवागमनमा रोक लगाइएको थियो ।