डोटीमा विद्यार्थीलाई खान पुगोस्, दिन पुगोस् अभियानको सहयोग

cp new add
Nisharg hospital

डोटी । डोटीको जोरायल गाउँपालिकास्थित रघुनाथ माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका शैक्षिक, खेलकुद सामग्री तथा औषधि सहयोग गरिएको छ।

Nast Ad

गत वैशाख २० गते आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छात्रावास र पठनपाठनमा क्षति पुर्‍याएपछि आइतबार आयोजित कार्यक्रममा ‘खान पुगोस्, दिन पुगोस्’ अभियान नेपाल ले शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो। साथै धनगढीस्थित निसर्ग हस्पिटल ले विद्यालयलाई औषधि सहयोग गरेको छ।

अभियानमार्फत संकलित रकमबाट करिब एक लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका कार्पेट, टी–फोम, शैक्षिक सामग्री तथा खेलकुद सामग्री विद्यालयलाई प्रदान गरिएको अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिए।

उनले समाजमा देखिएका विभिन्न समस्या समाधान तथा आवश्यक सहयोगका लागि अभियानलाई निरन्तर अघि बढाइने बताए।

विद्यालयका प्रधानाध्यापक धनबहादुर पुनले हावाहुरीका कारण छात्रावासमा क्षति पुग्दा विद्यार्थीको बसाइ तथा पठनपाठन प्रभावित भएको अवस्थामा प्राप्त सहयोगले ठूलो राहत पुगेको उल्लेख गर्दै सहयोगी संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरे।

विद्यालयमा हाल करिब २५० जना विद्यार्थी अध्ययनरत छन्। तीमध्ये अधिकांश विद्यार्थी छात्रावासमै बसेर अध्ययन गर्ने गरेको विद्यालयले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...