कन्ट्री म्युजिककी महारानी डली पार्टनको निधन, विश्वभरका प्रशंसक शोकमा

cp new add
Nisharg hospital

काठमाण्डौँ । अमेरिकाको कन्ट्री म्युजिककी महारानी, महान् गीतकार तथा परोपकारी व्यक्ति डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ। न्यासभिलमा नेपाली समयअनुसार बुधबार बिहान उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार मध्यमहरूले जनाएका छन् । समाचार अनुसार क्यान्सरसँगको छोटो लडाइँपछि भेंडरबिल्ट-इन्गग्राम क्यान्सर सेन्टरमा उनको निधन भएको हो।

Nast Ad

सन् १९४६ जनवरी १९ मा टेनेसीको एक सामान्य परिवारमा जन्मिएकी पार्टन १२ दाजुभाइ दिदीबहिनीमध्ये चौथो सन्तान थिइन्। अति गरिब परिवारमा हुर्किएकी उनले बाल्यकालमै सङ्गीत सिकेकी थिइन् र ७ वर्षको उमेरमा गीत बजाउन र गीत लेख्न शुरू गरेकी थिइन्। हाई स्कुलको पढाइ सकिएपछि उनी सङ्गीतको सपना बोकेर न्यासभिल पुगेकी थिइन् ।

सन् १९६५ मा पहिलो रेकर्ड डिल गरेकी उनले सन् १९६७ मा ‘द पोर्टर वागोनेर शो’ मार्फत ठूलो ख्याति कमाइन्। पोर्टर वागोनेरको साथ छोडेर एकल साङ्गीतिक यात्रा थालेकी उनले आफ्नो जीवनकालमा ३,००० भन्दा बढी गीत लेखिन्, ४९ वटा एल्बम रिलिज गरिन् र ११ वटा ग्रामी अवार्ड जितेकी थिइन्।

उनका  ‘coat of Many Colors, Jolene, I Will Always Love You र 9 to 5’ जस्ता गीतहरू विश्वभर अत्यधिक लोकप्रिय छन्।आफ्नो पेसागत जीवनको सुरुवातमै काकासँग पब्लिसिङ कम्पनी खोलेर गीतको अधिकार सुरक्षित गरेकी पार्टन एक सफल व्यवसायीसमेत थिइन्। उनले सन् १९८० को ‘9 to 5’ चलचित्रबाट हलिउडमा अभिनय यात्रा थालेकी थिइन् । उनको विश्वभर १० करोडभन्दा बढी एल्बम बिक्री भइसकेका छन् भने अनलाइनमा १ अर्बभन्दा बढी स्ट्रिम भएका छन्।

जीवनको उत्तरार्धमा उनले आफ्नो अपार सफलतालाई परोपकारमा लगाइन्। उनले बालबालिकाका लागि स्थापना गरेको पुस्तकालय कार्यक्रममार्फत संसारभर ३० करोडभन्दा बढी पुस्तकहरू उपहारस्वरूप प्रदान गरिएको छ। उनको निधनमा कला क्षेत्र र उनका लाखौं प्रशंसकहरूले गहिरो शोक व्यक्त गरेका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...