छाडा साँढेको आक्रमणबाट एकजना गम्भीर घाइते

cp new add
Nisharg hospital

बुटवल । बुटवलमा छाडा सांढे (गोरु) को आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–११ रंगशाला मार्गका ४० वर्षीय शैलेन्द्र बुढाथोकी छाडा साँढेको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

Nast Ad

राति करिब ९ बजे घरबाहिर साँढेलाई रोटी खुवाउने क्रममा एक्कासी आक्रमण हुँदा उनको छाती, ढाड, घुँडा र कुहिनामा गम्भीर चोट लागेको छ। ढाडका पाँच वटा करङ भाँचिएको र चिकित्सकले कम्तीमा तीन महिना बेड रेस्ट गर्नुपर्ने बताएका छन्।

वैदेशिक रोजगारीबाट बिदामा घर आएका बुढाथोकीले उपचार खर्च र आर्थिक क्षतिपूर्तिको माग गर्दै छाडा चौपाया व्यवस्थापनमा उपमहानगरको लापरबाही रहेको आरोप लगाएका छन्। बुटवल उपमहानगरले गौशालामा करोडौं रुपैयाँ खर्च गरे पनि छाडा साँढे व्यवस्थापन पूर्ण रूपमा हुन नसकेको स्वीकार गरेको छ।

दुई वर्षअघि पनि बुटवलमा साँढेको आक्रमणबाट एक महिलाको उपचारका क्रममा मृत्यु भएको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...