परीक्षाको रजिष्ट्रेशन रोकिएको विरोधमा क्याम्पस प्रमुखको कुर्सीमा आगजनी

cp new add
Nisharg hospital

बुटवल । परीक्षाको मुखमा रजिष्ट्रेशन रोेकेको विरोधमा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी ललितपुरका क्याम्पस प्रमुखको कुर्सी विद्यार्थीले आगजनी गरेका छन् ।

Nast Ad

लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई विगत १० वर्षदेखि सञ्चालित उक्त क्याम्पसमा सिभिल इन्जीनियरिङको स्नातकोत्तर तहमा अध्ययनरत पहिलो सेमेष्टरका विद्यार्थीले आफूहरूको रजिष्ट्रेशन रोकेको विरोधमा क्याम्पस प्रमुखको कुर्सी कार्यकक्षबाट झिकेर आगजनी गरेको क्याम्पस प्रमुख खेटराज दाहालले बताए ।

विद्यार्थीहरू नाराबाजी गर्दै क्याम्पस प्रमुखको कार्यालयमा प्रवेश गरेका थिए । विश्वविद्यालयलाई सर्वोच्च अदालतले रजिष्ट्रेसन रोक्ने निर्णय कार्यान्वयन नगर्न उत्प्रेषणको आदेश दिएको १५ दिन वित्दा पनि रजिष्ट्रेशन खुलाउन आनाकानी गरिरहेपछि विद्यार्थीहरू रुष्ट बनेर आन्दोलित भएको विद्यार्थी सुशिल खनालले बताए ।

१० वर्षदेखि सञ्चालित क्याम्पसमा भर्ना भएर ६ महिना अध्ययन गरेर परीक्षाको तयारीमा रहेका बेला एक्कासी परीक्षाको रजिष्ट्रेसन रोक्निे निर्णयले विद्यार्थीहरु अन्याय र मर्कामा परेको विद्यार्थी खनालले गुनासो गरे ।

अदालतको आदेश समेत अवहेलना गर्दै लुम्बिनी वौद्ध विश्व विद्यालयले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न खोजेको विषयमा थप कानूनी उपचार खोज्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने विद्यार्थी खनालले बताए । कलेजले एमएससी इन कन्स्ट्रक्सन इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट लगायतका तीनवटा विधामा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न २०७२ साल मंसिर २७ मा सम्बन्धन प्राप्त गरेको थियो ।

‘१० वर्षसम्म शैक्षिक सत्रहरु सञ्चालन गरी आएकोमा तत्पश्चात् नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५. को दफा ३७ (२) बमोजिम नियम नबनेको अवस्थामा नेपाल इन्जिनियरिङ्ग परिषद्वारा इन्जिनियरिङ्ग शिक्षण संस्थाको स्नातकोत्तर तहका कार्यक्रमहरुको मान्यता तथा अनुगमन विनियमावली, २०८१ बनाएको आधारमा मान्यताको सर्त तोकी पुष्ट्याइँका कागजात पेस नगरेको भनी लुम्बिनी बौद्ध विश्वविद्यालयले डा. कूलप्रसाद खनालको संयोजकत्वमा गठन गरेको अध्ययन समितिको प्रतिवेदन र दिइएको विकल्प समेत नपर्खी नयाँ विद्यार्थी भर्ना र रजिष्ट्रेशन रोक्ने निर्णय गरेकोबाट निवेदकलाई प्रतिकूल प्रभाव पर्न जाने देखिएबाट सुविधा र सन्तुलनको दृष्टिबाट विपक्षीहरुको लिखित जवाफ परेपश्चात् पुनर्विचार हुने गरी हाललाई नयाँ विद्यार्थी भर्ना र रजिष्ट्रेशन रोक्ने निर्णयका पत्राचार कार्यान्वयन नगरी यथास्थितिमा राख्नू,’ भनी अन्तरिम आदेश जारी भएको थियो ।

अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति भैसक्दा लुम्बिनी बौद्ध विश्वविद्यालयमा भने नियुक्त हुन सकेको छैन । पछिल्लो समय विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया लम्बिँदै गएको र नेतृत्व अभावका बीच प्रशासनिक निर्णयहरू विवादमा तानिन थालेका छन् ।

यसैबीच निमित्त रजिष्ट्रार इन्द्र काफ्लेले कर्मचारी सरुवासम्बन्धी रातारात गरेको निर्णय रोक्न कार्यवाहक उपकुलपति डा.मानिकरत्न शाक्यले दिएको निर्देशनले विश्व विद्यालयभित्रको प्रशासनिक मतभेद थप सतहमा आएकोे छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...